Membership

Join NVRS

Membership Policy

६) सदस्यहरुको बर्गीकरण

यस संस्थाका देहाय बमोजिम ४ प्रकारका सदस्यहरुको वर्गिकरण गरिएको छ ।

क) संस्थापक सदस्य

ख) साधारण सदस्य

ग) मानार्थ सदस्य

घ) आजिवन सदस्य 


७) सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता

यस संस्थाको साधारण तथा संस्थापक सदस्यको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।

क) चिकित्सा शास्त्रमा एमविविएस उतिर्ण गरेपछि एम डि, एम एस वा डिप्लोमा पास गरी नेपाल मेडिकल काउन्सीलमा दर्ता भै भिट्रीयो–रेटिना सम्वन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरी भिट्रीयो–रेटिना सेवा भएको अस्पताल वा स्वास्थ्य संस्थामा ३ महिना काम गरेको वा भिट्रीयो–रेटिना सेवा भएको अस्पताल वा स्वास्थ्य संस्थामा रेटिना सम्वन्धी चिकित्सकको मातहतमा रही कम्तीमा १ वर्ष काम गरेको चिकित्सक ।

ख) नेपाली नागरिक ।

ग) कुनै पनि फौजदारी अपराधमा सजाय नपाएको ।

घ) १८ बर्ष उमेर पूरा भएको ।

ङ) मानसिक सन्तुलन नगुमाएको ।

च) सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको ।


८) सदस्यताको समाप्ति

१) देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा बहाल रहने छैन ।

क) यस विधानको दफा ७ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने भएमा

ख) साधारण सभाको ७५५ को सदस्यहरुको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।

ग) सदस्यले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा ।

घ) संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको वा संस्थाको रकम हिनामिना गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।

ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।

च) सदस्यता शुल्क बुझाउन बाँकी भएमा ।

छ) आफनो पेशागत मर्यादा पालना नगरेको कारण सम्वन्धीत निकायवाट पेशागत ईजाजत निलम्वन वा खारेज भएमा ।

ज) संस्था विघटन भई खारेज भएमा ।

२) कुनै व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा बहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई, सफाईको सबुद पेश गर्ने पर्याप्त मौका दिनु पर्नेछ ।


९. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने अधिकार

(१) यस विधानको दफा ६ बमोजिमको सदस्यहरुलाई कार्यसमितिको निर्णयले देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क प्राप्त गरी सदस्यता प्रदान गर्न सक्नेछ ।

क) संस्थापक सदस्य

१) यो संस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु र त्यस्तो तदर्थ समिति गठनको निर्णय पुस्तीकामा दस्तखत गर्ने व्यक्तिहरु संस्थापक सदस्य हुनेछन् ।

२) संस्थापक सदस्यहरु यस विधानमा उल्लेख भए बमोजिम स्वतः संस्थाका साधारण सदस्य हुनेछन । संस्था दर्ता भएपछि तोकिए बमोजिमको सदस्यता पत्र प्रदान गरिनेछ ।

ख) साधारण सदस्य

१) साधारण सदस्यता प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क वापत रु. १०,०००।– र बार्षिक शुल्क बापत रु ५०५।– बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्ने व्यक्तिलाई कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न  सक्नेछ ।

२) साधारण सदस्यले प्रत्येक २ वर्षमा नवीकरण शुल्क वापत रु. १०१०।– बुझाउनु पर्नेछ ।

३) साधारण सदस्य प्राप्त गर्ने प्रत्येक सदस्यले प्रत्येक दोश्रो बर्षको आषाढ महिनाको मसान्त भित्र नवीकरण गराई सक्नु पर्नेछ  ।

४) माथी जे सुकै उल्लेख भएको भएतापनि खण्ड (क) वमोजिमका संस्थापक सदस्यहरुले विना शुल्क स्वतः साधारण सदस्यता प्राप्त गर्नेछन ।

ग) मानार्थ सदस्य

साधारण सभाको निर्णयले उपर्युक्त ठानेको आँखा स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएका तथा पुरयाईरहेका राष्ट्रीय, अन्तराष्ट्रीय क्षेत्रका चिकित्सक, समाजसेवी, विशिष्ट व्यक्ति तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ । त्यसै गरी गैर नेपाली आखाँको रेटिना स्वास्थ्य सेवाका विशेषज्ञलाई कार्यसमितिको निर्णयले सह–सदस्यता प्रदान गर्न सक्नेछ । त्यस्तो सह–सदस्यले सदस्यता शुल्क वापत रु.१०,०००।– भुक्तानी गर्नुपर्नेछ । तर मानार्थ सदस्य र सह सदस्यको मताधिकार रहने छैन ।

घ) आजिवन सदस्य

 यस विधान वमोजिम सदस्यता प्राप्त गर्न योग्यता पुगेका यस संस्थाका गैर सदस्य व्यक्तिले एकमुष्ठ रु.१५०००।– शुल्क भुक्तानी गरी र साधारण सदस्यले एकमुष्ठ रुपमा रु.५०००।– शुल्क भुक्तानी गरी आजिवन सदस्यता प्राप्त गर्न सक्नेछ । तर यस विधान वमोजिमका संस्थापक सदस्यहरु स्वतः संस्थाको आजिवन सदस्य हुनेछन । साधारण सदस्यले आजिवन सदस्यता प्राप्त गरेमा पनि निजको मताधिकार भने साधारण सदस्य सरहको नै हुनेछ ।

२) कुनै आवेदकलाई सदस्य नदिने निर्णय भएमा कार्यसमितिले सोको कारण सहितको जानकारी आवेदकलाई दिनेछ ।

३) सबै सदस्यहरुले यस विधान र विधान अन्तर्गत बनेको नियम र विनियम बमोजिम भएको व्यवस्थाको पालना गर्नु पर्नेछ ।

४) संस्थाले प्रदान गरेका उपदफा क, ख, ग र घ अनुसारको सदस्यहरुको तोकिएको ढाँचामा छुट्टै अभिलेख पुस्तिका राखिनेछ ।